विराटनगर । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले बिहीवार पोखरेललाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका प्रवक्ता हेमवबहादुर बुढाथोकीले जानकारी दिए ।
पोखरेलले सप्तरीका बौआलाल चौधरीसँग एमबीबीएस अध्ययनका लागि छोरीको नाम निकालिदिने भन्दै २०७१ देखि ०७३ सम्ममा ३८ लाख ८० हजार रुपैयाँ लिएर ठगी गरेको मोरङ प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय मोरङले बुधवार ठगी मुद्दा दर्ता गरेको थियो ।
पोखरेल पुस २५ गते पक्राउ परेका थिए । यो प्रकरण सार्वजनिक भएपछि पोखरेलले उनलाई स्वकीय सचिवबाट हटाएका थिए ।
प्रतिक्रिया