नयाँ स्टकको लाइसेन्स रोक्न परेको रिट ५ जना न्यायाधीशको संवैधानिक इजलासमा


काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा परेको रिट निवेदनको पेशी आज संवैधानिक इजलासमा परेको छ ।

आज ५ जना न्यायाधीशको संवैधानिक इजलासमा पेशी परेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा मनोज कुमार शर्मा, डा कुमार चुडालको इजलासमा पेशी परेको हो ।

पुस २३ गते कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाइएको छ ।

थापाले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३ (१), (२) र (३) बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।

नयाँ स्टकको सम्पुर्ण प्रकृया रोक्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता भएको हो ।