सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुन चाँदीको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु