काठमाडौं । लिबर्टी ईनजी कम्पनीको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी हुने भएको छ ।
हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
लिवर्टीले मंसिर १६ गतेदेखि ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले माघ २ गतेदेखि ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
सेयरमा आवेदन दिन प्रभु बैंकको विराटनगर, बीरगंज शाखा, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल शाखा, सुर्खेत र धनगढी शाखा मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया