कुपण्डोलमा ३ अर्ब लगानीमा पाँचतारे सायन होटल बन्दै, सोल्टीमोडबाट बाहिरिएको हायात प्लेसको व्यवस्थापन



काठमाडौं । सोल्टीमोडको सिटी होटलबाट बाहिरिएको हायात प्लेस अब कुपण्डोलको सायन होटलमा भित्रने भएको छ ।

कुपण्डोलमा निर्माणाधिन पाँचतारे होटल सायन होटल्स प्रालिलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल हायात प्लेसले गर्ने भएको छ । सायन होटलले बनाइरहेको यो होटल आगामी तीन वर्षभित्रमा सञ्चालनमा आउने भएको छ ।

सायन होटलले २ अर्ब २० करोड रुपैयाँ ऋण रेटिङ गराएसँगै होटल निर्माणले गति लिइरहेको जानकारी दिएको छ ।

कुपन्डोलमा निर्माणाधिन यो होटलको २०२४ मध्यसम्ममा १८ प्रतिशत भौतिक निर्माणको प्रगति भएको छ । यो होटलको सञ्चालन लागत करिब २ अर्ब ८६ करोड हुने अनुमान गरिएको छ ।

११२ कोठासहित १५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हो होटल यो होटल आधुनिक सुविधासम्पन्नका साथै होटल परिसरमा क्यासिनोसमेत हुने छ । यो होटल घरजग्गा व्यवासायमा संलग्न आरभी ग्रुपले निर्माण गरेको हो ।


क्लिकमान्डु