धनगढीमा अटोर्‍याली र अटोक्रस हुने



काठमाडौं । सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्‍याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थ्रिल, एड्भेन्चर र प्यासनको संगम मोटरस्पोर्ट्सलाई सुदूरपश्चिममा पनि समेट्न लागिएको आयोजकले बताएको छ ।

धनगढीबाट शुरू गरिने अटोर्‍यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको संतुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुरामधाम सम्मटिए एस.डी र्फम्याटमा र्‍यालीमा सहभागी हुनेछन् ।

प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरि २ जनाको टिम रहनेछ । अटो अटोर्‍यालीको विजेताले ८१ हजार, उप विजेताले २७ हजार र तेस्रो हुनेछ ९ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै चांदनी दोधारापुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटोर्‍यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् ।


क्लिकमान्डु