निर्जीबन बिमा कम्पनीले संकलन गरे १७ अर्ब १७ करोड बिमाशुल्क, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं । सञ्चालनमा रहेको १४ निर्जीबन बिमा कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
बिमा प्राधिकरणका अनुसार १४ निर्जीबन बिमा कम्पनीले ११ लाख ३७ हजार २७२ वटा बिमालेख जारी गरेर उक्त रकमको बिमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार मंसिर महिनाम मात्रै निर्जीबन बिमा कम्पनीले २ लाख ४० हजार ३४१ वटा बिमालेख जारी गरेर ३ अर्ब ८ करोड ५ लाख बिमाशुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले मंसिर मसान्तसम्ममा १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यस्तै नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीको ६७ करोड ११ लाख, नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
यस्तै एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड ९ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले ९९ करोड ७४ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आवको मंसिर मसान्तसम्ममा २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।