सूर्यदर्शन सहकारीको बचत अपचलन गर्ने पूर्वउपाध्यक्ष र पूर्वकोषाध्यक्ष गुरुङ पक्राउ
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको पूर्व उपाध्यक्ष मिना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
सहकारीको बचत अपचलन गरेको भन्दै पक्राउ परेकी मिना गुरुङ नेकपा एमालेबाट कोशी प्रदेश सभाकी पूर्व सदस्य हुन् । दुवै जना बचत अपचलनमा फरार रहेका थिए ।
मिना पोखरा महानगरपालिका–१२ रानीपौवामा बस्दै आएकी थिइन् भने आरती पोखरा महानगरपालिका–२७ चिप्लेढुंगामा बस्दै आएकी थिइन् । दुवै जनालाई प्रहरीले निजी निवासबाट पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई आज सार्वजनिक बिदा परेका कारण बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।