ठमेलको हरियाली सहकारी ठगीको आरोपमा चन्द्रागिरीका वडाअध्यक्ष पक्राउ
काठमाडौं । सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।