काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट ‘सोल्ड आउट’ भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले टिकट बिक्रीको अधिकार खल्तीलाई दिएकामा खल्तीले फाइनल खेलका लागि १२ हजार टिकट बिक्रीका लागि राखेको थियो । खल्तीले टिकट बिक्रीका लागि राखेको डेढ घण्टामा नै ‘सोल्ड आउट’ भएको हो ।
टिकट आठ बजेदेखि बिक्री खुला भएकामा भीआईपीतर्फको टिकट १ मिनेटमै सोल्ड आउट भएको हो भने साधारणतर्फको टिकट साढे ९ बजे सबै बिक्री भएको हो ।
एनपीएलको फाइनल खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई हराउँदै फाइनल पुगेको थियो ।
यता जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै फाइनलमा पुगेको थियो ।
प्रतिक्रिया