दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दामा कारण देखाउन आदेश गर्दै उनलाई बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको छ ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको प्रत्यक्षीकरण मुद्दामा यस्तो आदेश दिएको हो ।

आपराधिक लाभ लिन खोजेको, सम्पत्ति शुद्धीकरण लगायतका आरोपमा प्रहरी हिरासतमा रहँदा उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका थिए ।


क्लिकमान्डु