राजविराज विमानस्थलमा आजबाट रात्रीकालीन उडान, राती उडान गर्ने विमानस्थलको संख्या १० पुग्यो
काठमाडौं । राजविराज विपमानस्थलमा आजबाट रात्रीकालीन उडान सुरु हुने भएको छ । बुध्द एयरले आज (सोमबार)बाट काठमाडौंदेखि राजविराजसको दुईतर्फी रात्री उडान सुरु गर्ने भएको छ ।
बुध्द एयरले रात्रीकालीन उडान राजविराबाट सुरु गरेसँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ ।
काठमाडौं, पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय सहित धनगढी, नेपालगंज, सिमरा, जनकपुर, चन्द्रगढी विराटनगर र राजविराज गरी रात्रीकालीन उडान गर्ने विमानस्थलको १० वटा पुगेको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा पनि इन्स्ट्रुमेन्ट फलाईट ल्याडिङ प्रणाली अन्तर्गत कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको सुरुवात गरेसँगै बुध्द एयरले राती उडान गर्ने भएको छ ।
बुध्द एयरले गत शुक्रबार प्राधिकरण र सो बायुसेवा कम्पनीका पदाधिकारी तथा प्राबिधिकहरुको सहभागिता सहितको इन्ट्रमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्स को फिजिबिलिटी परीक्षण उडान सफललापूर्वक सम्पन्न गरेको छ । उक्त परीक्षण उडानपछि अब बुध्दले नियमित उडान गर्ने भएको छ ।
यो विमानस्थलमा सोमबार साँझदेखि विमानस्थलमा इन्स्ट्रुमेन्ट अवतरणको सुरुवात हुने भएको छ । सो प्रणाली जडान पश्चात अब राजविराज विमानस्थलमा दुई हजार मिटर भिजिबिलिटीमा नै र रात्रीकालिन समयमा पनि उडान/अवतरण हुनेछ ।
अहिले सो विमानस्थलमा भीएफआर उडान मात्र हुने हुदाँ उडानको लागि ५ हजार मिटरको भिजिबिलिटी आवश्यक हुने गरेको छ । आइएफआर नियम अन्तर्गत उडान सुरु भएमा हिउँदको समयमा कम भिजिबिलिटीले गर्दा हुने उडान डीले तथा रद्द मा कमि आई यात्रुहरुले समयमा नै यात्रा गर्न पाउने छन् ।
आइएफआर तथा रात्रीकालिन उडानको औपचारिक उद्घाटन सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे र प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीसहितको टोली उक्त विमानस्थलको रात्रीकालीन उडानमा सहभागि हुने छन् ।