बिमा प्राधिकरणका अध्यक्षविरूद्ध मुद्दा परेपछि अर्थका सहसचिव दहालले कामकाज सम्हाल्ने



काठमाडौं । अख्तियारको मुद्दा परेपछि रिक्त नेपाल बिमा प्राधिकरणका अध्यक्ष पद सहसचिव मदन दहालले सम्हाल्ने भएका छन् । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध अख्तियार दुरूपयोग आयोगले विशेष अदालतमा किर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका हुन् ।

रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव दहालले अध्यक्षका रुपमा कामकाज गर्ने भएका हुन् ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो बरियतामा रहनु भएका दहालले प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी अर्थमन्त्री विष्णु पौडेलले तोकेका हुन् ।

दहाल अर्थ मन्त्रालय प्रशासन विभाग प्रमुख हुन् ।


क्लिकमान्डु