चार महिनामा रेमिट्यान्स सवा ५ खर्ब पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह सवा ५ खर्ब रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो चार महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा रेमिट्यान्स ९.१ प्रतिशतले बढेको छ । यस्तो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
संख्या १,४७,४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४,१०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या
क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो ।