२५० वर्षअघि बिहारमा जारी भएको थियो ताम्र टिकट, ६४ करोड मूल्य
एजेन्सी । भारतको बिहारस्थित पटनाबाट २ सय ५० वर्ष पहिले विश्वकै पहिलो मानिने ताम्र टिकट जारी भएको खुलासा भएको छ । जसको मूल्य ४० करोड भारु (६४ करोड रुपैयाँ) भन्दा धेरै रहेको बताइएको छ ।
३१ मार्च १७७४ मा जारी भएको १ आना र २ आनाका यी टिकटलाई एक किसिमको प्रिपेड टोकन मानिन्छ । भारतको गभर्नर जनरल वरेन हेस्टिङसको इस्ट इन्डिया बंगाल प्रेसिडेन्सीले यो टिकट जारी गरेको थियो । २ आनाको टिकटको आकार २६.४ मिलिमिटर र तौल ८.९५ ग्राम थियो ।
गोलो आकारको एउटा टिकटमा अंग्रेजीमा ‘पटना पोस्ट २ आना’ लेखिएको छ भने अर्को पाटोमा भने फारसी भाषामा ‘अजिमाबाद डाक २ आना’ लेखिएको छ । डाक टिकट भारतको संस्कृति र इतिहास झल्काउने किसिमको छ ।
यो ताम्र टिकट २५० वर्ष भइसकेको बताइन्छ । उक्त टिकट २५० वर्ष पुगेको अवसरमा बिहारको राजधानी पटनामा हालै हुलाक टिकट प्रदर्शनी गरिएको थियो । जहाँ भारत र अन्य देशका पनि २० हजारभन्दा धेरै स्ट्याम्प प्रदर्शनी गरिएको थियो ।
उक्त प्रदर्शनीमा दुर्लभ स्ट्याम्प ब्रिटिस गुयान वान सेन्ट मेजेन्टलाई पनि समेटिएको थियो । उक्त मुद्रा १८५६ मा प्रचलनमा आएको मानिन्छ । त्यसबेला गुयानाको तत्कालीन पोस्टमास्टरले सिपमेन्ट आउन्जेल ३ तरिकाको अस्थायी टिकट छपाएका थिए । सिपमेन्ट आएपछि टिकट प्रचलन हटेको बताइन्छ ।
१ सेन्ट मेजेन्टा गुएना १२ वर्षको एक बच्चाको साथमा १८७३ मा कागजको बीचमा भेटिएको थियो । उक्त बच्चाले टिकटलाई ६ सिलिङमा एक स्थानीय साथीलाई बेचेको इतिहास छ ।
त्यसपछि उक्त टिकट केही व्यक्तिहरुको हातमा देखियो । र अप्रिल १९२२ मा उक्त टिकट अमेरिकी उद्योगपतिले ७३४३ पाउन्डमा खरिद गरेका थिए ।
कतिपय हुलाक टिकट यस्ता हुन्छन् जसमा कुनै सभ्यताको इतिहास नै भेटिन्छ । थुप्रै कहानी भेटिन्छ । रोमन सभ्यतासँग सम्बन्धित केही टिकट पनि हालसम्म भेटिन्छन् ।
रोमन सभ्यतामा क्युपिडलाई भगवानको दर्जा नै दिने चलन छ । यसलाई रोमन सभ्यतामा चाहना र प्रेमको देवता नै मान्ने चलन छ ।
युवा प्रेमीहरुमाझ क्युपिड र यससँग सम्बन्धित प्रेम प्रसंग सधैँ लोकप्रिय छन् ।
नेपालको सन्दर्भमा पनि राणाकालीन हुलाक टिकटहरु अहिलेसम्म विभिन्न संग्रहालयमा सुरक्षित छन् । विशेषगरी मल्लकालीन टिकटहरु काठमाडौंका विभिन्न संग्रहालयमा भेटिन्छ । कुनै समयमा यस्ता वस्तु टिकट आवश्यकताका समग्री थिए भने अब वहुमूल्य खजाना साथै खोज/अनुसन्धानको लागि सन्दर्भ सामग्री मानिन्छन् ।