सम्पूर्ण अपडेट

गगन र अमरेशको क्षेत्र सर्लाही ४ मा मतगणना सुरु

840
Shares

काठमाडौं । सर्लाही क्षेत्र–४ को मतगणना सुरु भएको छ ।

बिहानैदेखि मतगणना सुरु गर्ने भनिए पनि दलका प्रतिनिध आउन ढिला गरेकाले बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको हो ।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना सुरु भएको हो ।

सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा। अमरेशकुमार सिंहलगायत प्रतिस्पर्धामा छन् ।