
काठमाडौं । रौतहट ४ मा रास्वपाले अग्रता लिएको छ । यो क्षेत्रको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवातमै उत्साहजनक मतसहितको अग्रता लिएको छ ।
यो निर्वाचन क्षेत्रमा करिब ४ हजार मत गणना हुँदा चर्चित पत्रकार रमेश धमलाले जम्मा ९ मत मात्रै पाएका छन् । यो क्षेत्रमा विहान १०ः३० बजेसम्म ३ हजार ८ सय २६ मत गणना हुँदा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसलाई ६ सय ९२ र तेस्रोमा नेकपालाई ६ सय ३७ मत खसेको छ ।
आम आदमी पार्टीको मोबाइल चुनाव चिन्हबाट लडेका धमलाले ९ भोट मात्र ल्याएका छन् । उनी चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।








प्रतिक्रिया