बाढीपहिरोको क्षतिमा सवा १२ अर्ब माग दाबी: ७९ करोड भुक्तानी, २ बिमा कम्पनीले दिएनन्
काठमाडौं । असोज १० र ११ गते आएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा १२ अर्ब २६ करोड ४ लाख ६२ हजार ६६ रुपैयाँको ३ हजार ५२९४ वटा दाबी परेको छ ।
बाढी पहिरोका कारण परेको माग दाबीमा ७८ करोड ९३ लाख ८ हजार ३०३ रुपैयाँको दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ । ३ हजार ५२९ दाबीमा मंसिर १२ गतेसम्म १ हजार २१५ वटा दाबीको भुक्तानी भएको छ । बाँकीको भुक्तानी हुन बाँकी छ । यसमा १४ वटा निर्जीबन बिमा र चार वटा माइक्रो इन्स्योरेन्स रहेका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रहेको छ । सिद्धार्थमा ५०५ वटा माग दाबी परेको छ । दाबी रकम २ अर्ब ५९ करोड ८ लाख ८९ हजार ४५६ रुपैयाँ रहेको छ । जसमा १६९ वटाको १३ करोड ६७ लाख ६१ हजार ४१६ रुपैयाँ भुक्तानी भएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ वटाबाट ५ लाख ४० हजार रुपैयाँ माग दाबी परेको छ । जसमा ६ वटा दाबीको १ लाख १८ हजार ९४१ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल यन्स्योरेन्समा १७७ वटाबाट १ अर्ब ५३ करोड २९ लाख ७१ हजार ८५४ रुपैयाँ दाबी परेको छ । जसमा १०१ वटा दाबीबाट २ करोड १ लाख २८ हजार ८३ रुपैयाँ भुक्तानी भएको छ ।
सगरमाथा लूम्बिनी इन्स्योरेन्समा ४१६ वटा दाबीबाट १ अर्ब ३६ करोड ६८ लाख ८० हजार ६७८ रुपैयाँको दाबी परेको छ । जसमा ९२ वटा दाबीबाट ७ करोड ३२ लाख ८२ हजार २८५ रुपैयाँ भुक्तानी भएको छ ।
शिखर इन्स्योरेन्समा ४५७ वटा दाबीबाट १ अर्ब १० करोड २० लाख ८१ हजार ९३७ वटा दाबी परेको छ । जसमा ३९६ वटा दाबीबाट २७ करोड ६ लाख २० हजार २८४ रुपैयाँ दाबी भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा २४६ मागबाट १ अर्ब २ करोड ६० लाख १० हजार ८६१ रुपैयाँको दाबी परेको छ । जसमा ९२ वटाको ८ करोड ५३ लाख २७ हजार ४४७ रुपैयाँ भुक्तानी भएको छ ।
सानिमा जिआईसी इन्स्योरेन्समा २२४ वटा दाबीबाट ८६ करोड ५० लाख ६८ हजार ५२ रुपैयाँको माग दाबी परेको छ । जसमा २८ वटा दाबीबाट ३ करोड ३७ लाख ११ हजार ७८९ रुपैयाँ दाबी भइसकेको छ ।
नेको इन्स्योरेन्सको २१९ वटा दाबीबाट ७६ करोड ३९ लाख ७ हजार ९५६ रुपैयाँको दाबी परेको छ । जसमा १०१ वटा दाबीको ६ करोड ९० लाख ५५ हजार ७१७ रुपैयाँ भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्समा ३२८ वटाबाट ७२ करोड ४२ लाख ४२ हजार ८८५ रुपैयाँको दाबी परेको छ । जसमा ३९ वटा दाबीको ५८ लाख ४ हजार ५३ रुपैयाँको दाबी भुक्तानी भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्समा १०५ वटा दाबीबाट ५० करोड २४ लाख २१ हजार ७११ रुपैयाँ दाबी परेको छ । उक्त दाबीमा ५ वटाको २२ लाख ६८ हजार ७७४ रुपैयाँ भुक्तानी भएको छ ।
एनएलजी इन्स्योरेन्समा १९२ वटाबाट ४९ करोड ३४ लाख ९५ हजार ५६९ रुपैयाँ दाबी भएको छ । जसमा २५ वटाको १ करोड २६ लाख २० हजार १३२ रुपैयाँ भुक्तानी भएको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २९६ वटाबाट ४७ करोड २० लाख १६ हजार ७२४ रुपैयाँको दाबी परेको छ । जसमा ९७ वटाबाट ६ करोड २ लाख ९८ हजार ७०५ रुपैयाँ भुक्तानी भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीमा १८३ वटाबाट ३९ करोड ९४ लाख ७३ हजार ४४६ रुपैयाँ दाबी परेको छ । जसमा ३१ वटाको १ करोड १८ लाख ५१ हजार ३५५ रुपैयाँ दाबी भुक्तानी भएको छ ।
प्रभु इन्स्योरेन्समा १३७ वटाबाट २० करोड ७९ लाख २५ हजार ९०० रुपैयाँ दाबी परेको छ । जसमा २९ वटाबाट ६९ लाख ३० हजार ६४० रुपैयाँ भुक्तानी भएको छ ।
राष्ट्रिय बिमा कम्पनीमा १७ वटाको २० करोड ७९ लाख २५ हजार ९०० रुपैयाँको दाबी परेकोमा एक रुपैयाँ पनि भुक्तानी भएको छैन ।
प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्समा १० वटाको ३६ लाख ६५ हजार रुपैयाँ दाबी परेकोमा १ वटा दाबीको २६ हजार ७९० रुपैयाँ भुक्तानी भएको छ ।
ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटाबाट १५ लाख २० हजार रुपैयाँ दाबी भएकोमा एक रुपैयाँ पनि भुक्तानी भएको छैन ।
इस्तै नेपाल माइक्रो इन्स्योरेन्समा ४ वटाको ६ लाख ५० हजार रुपैयाँ दाबी परेकोमा छ । जसमा ४ वटाको ५ लाख १ हजार ८८८ रुपैयाँ भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार कोशी प्रदेशमा २५५ वटा, मधेश प्रदेशमा १००, बागमती प्रदेशमा ३०७५, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा १० वटासहित ३ हजार ५२९ वटाको मागदाबी परेको प्राधिकरणले जनाएको छ । देशभर आएको अविरल वर्षाका कारण परेको दाबी भुक्तानीलाई यथाशक्य चाँडो दिन बिमा प्राधिकरणले निर्देशन दिइसकेको छ ।