चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, साढे पाँच खर्बको वैदेशिक व्यापार



काठमाडौं । चालु आर्जिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयात ०.१७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो ।

यो अवधिमा नेपालले ५२ अबै ६७ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।

चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिब व्यापार ०.५३ प्रतिशतले बढेको छ ।

यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ । तथ्यांक अनुसार नेपालले ९१ प्रतिशतको आयात गर्दा ९ प्रतिशतको मात्रै निर्यात गर्ने गरेको छ ।


क्लिकमान्डु