सहकारी ठगी: रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा किटानी जाहेरी



चितवन । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ । चितवनको साहारा सहकारीको बचत अपचलनमा रवि र छविविरुद्ध पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।

बुधबार सहकारी संघर्ष पीडित समितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएका छन् । चितवनका प्रहरी प्रमुख गौतम मिश्रले अहिले जाहेरी बारे अध्य्यन भइरहेको जानकारी दिए ।

लामिछाने चितवनबाटै प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको छ । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

लामिछानेविरुद्ध पोखरा, रुपन्देही र काठमाडौं जिल्लामा पक्राउ पूर्जी जारी भएको थियो । उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् । केही दिनअघि रुपन्देहीमा सहकारी ठगी प्रकरणमै उनीमाथि वयान भएको थियो भने लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।


क्लिकमान्डु