दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्बिरहरु)
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत लगिएको छ ।
साइबर अपराधको कसुरमा मंगलबार पक्राउ परेका प्रसाईंलाई म्याद थप प्रक्रियाका लागि जिल्ला सरकारी वकिलको कार्यालयबाट बुधबार बिहान काठमाडौं जिल्ला अदालत पुर्याइएको छ ।
उनीमाथि थप अनुसन्धानका लागि प्रहरीले अदालत समक्ष थप समय माग गर्ने छ।
भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्याएर वीर अस्पताल लगेर मेडिकल जाँच गरेको थियो ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।
प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रकम रहेको भन्दै नक्कली कागजपत्र बनाएर अफवा फैलाएका थिए ।