सम्पूर्ण अपडेट

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, नगद लाभांशको प्रस्ताव पारित

301
Shares

काठमाडौं । सानिमा बैंकक २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मंगलबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।