नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध, कम्पनीलाई नै थाहा छैन कारण
काठमाडौं । नेपाल टेलिकमको सेवा आज बिहान कबिर ११ बजेपछि आधा घण्टा अबरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल सेवा करिब आधा घण्टासम्म अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा र यसका डेटा सेवा प्रभावित भएको छ ।
यस अवधिमा देशका अधिकांश भागमा टेलिकम नेटवकर्कबाट फोन नलाग्ने तथा मोबाइल डेटा नचल्ने समस्या देखिएकोले यसको कारण र समस्या पहिचानको विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्ट आइनसकेको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।
प्रवक्ता हरि ढकालका अनुसार नेटवर्कमा अचानक समस्या आउँदा यसको प्रयोगकर्ताले असहता भोग्नुपर्यो । अहिले मोबाइल सेवा पुनः सञ्चालनमा आइसकेको छ।
यसअघि पनि असोज २३ गते पनि देशभर आधा घण्टासम्म टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको थियो ।