एक दर्जन जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ?
काठमाडौं । सञ्चालनमा रहेका ९१ विद्युत कम्पनीमध्ये अहिलेसम्म ११ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।
अहिलेसम्म ११ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका केही कम्पनीले साधारण सभासमेत गरिसकेका छन् भने केहीले सभाको घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत भएका मध्ये अहिलेसम्म बिन्ध्याबासिनी हाईड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली, रु रु जलविद्युत परियोजना, मन्दकीनि हाईड्रोपावर, साहस उर्जा, भगवति हाईड्रो, माण्डु हाईड्रोपावर, सुपरमाई, र सुपरमादी हाइड्रोपावर कम्पनी रहेका छन् ।
बिन्ध्याबासिनी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । यो पटक कम्पनीले बोनस मात्रै दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी आवको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सगरमाथा जलविद्युत कम्पनीले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनस ४.७५ र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीले आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अपि पावर कम्पनीले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशतसहित ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कात्तिक ११ गते वार्षिक साधारणसभा गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ३.१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव पारित गर्न कात्तिक १४ गते वार्षिक साधारण सभा गरेको छ ।
रु रु जलविद्युत परियोजनाले १५.७८ प्रतिशत लाभांश दिंने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने प्रस्ताव गरेको हो ।
मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
साहस उर्जाले एकै पटक चार वर्षको साधारणसभा गरेको छ । कम्पनीले चार वर्षमा पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगदसहित ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएर उक्त प्रस्ताव गारित गरेको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरेको छ । कम्पनीले यो पटक सेयरधनीलाई १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
माण्डु हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो पटक कम्पनीले बोनस सेयर नदिने भएको छ । नगद मात्रै दिएको छ । असोज १४ गते सम्पन्न कम्पनीको बार्षिक साधारणसभा ले उक्त लाभांश पारित गरेको छ ।
सुपरमाई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको नाफबाट ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश गरी १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोसन ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश रहेको छ । यो प्रस्ताव कात्तिक ५ गते बसेको वार्षिक साधारण सभाले पारित गरेको छ ।