हाथवे इन्भेष्टमेण्डका सञ्चालकको भत्ता ११ लाख, सीईओलाई ३७ लाख, को सँग कति छ सेयर ?



काठमाडौं । हाथवे इन्भेष्टमेण्ड कम्पनीले कात्तिक २५ गते बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कात्तिक २५ गते बस्ने कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूको नाममा ११ सय देखि ६३ लाख कित्तासम्म सेयर स्वामित्व रहेका सञ्चालक रहेका छन् ।

कम्पनीका संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकालको २ लाख ३५ हजार ८५५ कित्ता, संस्थापक सञ्चालक जयराम नेपाल (एसआर हाईड्रो एण्ड इन्भेष्टमेन्ट प्रालि) को ६३ लाख २४ हजार ९३५ कित्ता, सञ्चालक कुमार पौडेलेको ५ लाख १७ हजार ९२५ कित्ता र सञ्चालक डा अम्बिमा शर्मा लामिछानेको ४ लाख ७१ हजार ७०७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै सर्वसाधारण सञ्चालक शिव सिंह कार्कीको ११ सय ७७ र केशव कोइरालाको ११ कित्ता सेयर स्वामित्व रहेको छ ।
गत आवमा कम्पनीले सञ्चालकहरूलाई सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत तथा अन्य सुविधा बापत १० लाख ९० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक तथा चाडपर्व खर्चसहित ३७ लाख २१ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको छ ।


सोभित थपलिया