तीन महिनामा २५ सय विद्युतीय सवारी भित्रिए, कहाँबाट कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा २१ सय वटा विद्युतीय सवारी भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज)मा भित्रिएका विद्युतीय सवारी अघिल्लो वर्ष सोही अवधिको तुलनामा करिब ४ सय वटाले बढी हो । गत वर्ष सोही अवधिमा नेपालमा २१३२ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो ।

पछिल्लो तीन महिनामा नेपालमा ६ अर्ब १२ करोड रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यसबाट सरकारले ३ अर्ब ७६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ५ अर्ब १५ करोड भन्सार मूल्यका विद्युतीय सवारी भित्रिएका थिए । यी सवारीसाधनमार्फत २ अर्ब २१ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको पनि विभागको तथ्यांकले देखाएको छ ।

नेपाल भित्रिएका यस्ता विद्युतीय सवारीमा सबैभन्दा बढी चीनबाट १७६१ वटा, भारतबाट ७४७ वटा मात्रै भित्रिएको छ । गत वर्षको पहिलो तीन महिनामा चीनबाट १०४८ वटा विद्युतीय सवारीसधान भारतबाट १०७३ वटा यस्ता सवारीसाधान नेपाल भित्रिएको थिए ।


क्लिकमान्डु