सरकारमा १०० दिन: लक्षित कार्यक्रममा ९८ प्रतिशत लक्ष्य पूरा भएको उर्जामन्त्रीको दाबी



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै लक्षित कार्यक्रममा ९८ प्रतिशत लक्ष्य पूरा भएको दाबी गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ‘असम्भव केहि पनि छैन, एकलै सम्भब छैन’ भन्ने नारा अनुसार उर्जा मन्त्रालयको अब्बल टीमक कारण सम्भब भएको बताए ।

उनले भने, ‘बंगलादेशसँग उर्जा सम्झौता पनि परराष्ट्र मन्त्रालयको सहयोग हो । हाम्रो लक्ष्य पूरा गर्न अझै ५० खर्ब लाग्ने अवस्था छ।’

निजी क्षेत्र र सरकारी लक्ष्य पूरा गराउने प्रयास भएको र यसका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको उर्जा मन्त्री खड्काले बताए ।


क्लिकमान्डु