भिस्तारा एयरमा बम राखेको हल्लाले तीन घण्टा तनाव, जहाजमा केही फेला नपरेपछि दिल्ली उड्दै



काठमाडौं । दिल्लीबाट उडेर साढे ४ बजे काठमाडौं आइपुगेको भिस्तारा एयरमा बम राखेको हल्लाले तीन घण्टा तनाव दिएको छ । जहाजमा केही फेला नपरेपछि आवश्यक चेकजाँच भएको र सुरक्षित रहेको प्रमाणित भएपनि पुनः दिल्ली उड्दै छ । विमानमा बम राखिएको हल्लापछि तीन घण्टा लगाएर भएको चेकजाँचबाट जहाज सुरक्षित र खरामुक्त प्रमाणित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्ताराको जहाज अब भारतको नयाँदिल्ली नै फर्कने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

‘भिस्ताराको जहाजमा बम वा अन्य कुनै पनि शंकास्पद वस्तु नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनले भन ‘सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबैतिर जाँच गर्दा शंकास्पद वस्तु केही भेटिएन । बम राखिएको हल्ला झुट भएको र अहिले जहाजलाई खतरामुक्त प्रमाणित भएर दिल्लीबाट आएको जहाज उतै फर्कदै छ ।’

भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टारको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए । भारतबाट ह्वाट्स एपमा आएको कल फेक रहेछ,’ उनले भने ।

भिस्ताराको यो जहाज आज अपराह्न दिल्लीबाट काठमाडौं आउँदा १५७ यात्रु थिए र यसले १५२ यात्रु लिएर फर्कदै छ।


क्लिकमान्डु