सुरक्षाकर्मीले टिकेटको सोधपुछ मात्रै गरे तर जहाजमा लगेनन्, स्थलमार्गबाटै पोखरातर्फ



काठमाडौं । प्रहरीले सहकारी ठगीमा पक्राउ गरेको रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा चुनौतिका कारण जहाजबाटै लैजने विषयमा सोधपुछ गरेको भएपनि सोधपुछ मात्रै गरेको स्थलमार्गबाटै पोखरा लगेको छ ।

लामिछालेलाई जहाजबाटै पोखरा लैजान विषयमा बुद्ध एयरसँग सोधपुछ भएको थियो । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल विभागमा पनि सोधपुछ भएको तर प्रहरीले जहाज नपर्खि स्थलमार्गबाटै पोखरा लगेको छ ।

बुध्द एयरको पोखरा जाने तयारीमा ३ वटा उडान भएकोले सोधपुछ चाहिँ भएको बुध्द एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले बताए ।

उनका अनुसार काठमाडौंबाट खाली जाने तयारीमा रहेको तीनवटै उडानमा पोखराबाट फर्कने मात्रै यात्रु रहेका थिए । तीनवटै उडानमा एक जना पनि यात्रु नभएकोले सेक्युरिटिले सोधपुछ गरेकोले भएपनि टिकेट भने लिएका थिएनन् ।


क्लिकमान्डु