नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै, यस्तो छ रुट



काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक यातायातका साधन न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतपावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ ।’

एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।

अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिए ।


क्लिकमान्डु