पूर्वराजा शाहले अपराह्न ४ बजेपछि शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन्।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।


क्लिकमान्डु