म एडभेन्चरस भेजिटेरियन हो, मिठोभन्दा पनि बाच्नलाई पुग्ने खाना बनाउन सक्छु: शेखर गोल्छा (भिडियो)

खाना बनाउनभन्दा भाडा माझ्न सजिलो लाग्छ



काठमाडौं । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना गर्ने रामलाल गोल्छाका नाती हुन् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा । युरोपमा पढ्दा एउटै भाडामा दाल, चामल, तरकारी, मसला, तेल हालेर खाना पकाएको बताउने गोल्छा खाना पकाउनभन्दा भाडा माझ्न सहज लाग्ने बताउँछन् । घरमा पाहुना आउँदा के पकाउने भनेर मेन्यु बनाउन सक्रिय भए पनि किचेनमा गएर खाना पकाउन भ्यालु एड गर्न नसकेको उनको भनाइ छ ।

सबै प्रकारका भेजिटेरियन खाना रुचाउने गोल्छा घरमा एक्लै भएको अवस्थामा बाँच्नलाई पुग्ने खाना पकाउन सक्छन् । खाना पकाउने सोख नभए नयाँ नयाँ प्रकारका भेजिटेरियन खाना चाख्न भने उनको विशेष रुची छ । त्यसैले गोल्छा आफूलाई एडभेन्चरस भेजिटेरियन भन्न रुचाउँछन् । विदेश जाँदा जुन रेस्टुरेन्ट भेटियो त्यहीँ रेस्टुरेन्टमा खाना खानेभन्दा पनि भ्रमणमा जानुअघि नै ब्रेकफास्ट कहाँ खाने, लन्च र डिनर कुन रेस्टुरेन्टमा खाने भनेर योजना बनाउने उनको भनाइ छ।

विगतमा विदेश जाँदा भेजिटेरियन फुड कम मात्रै पाइने भए पनि पछिल्लो समय भेजिटेरियन फुड पाउने क्रम बढेको उनको अनुभव छ । सातामा एक दिन थकाली खाना खाने गरेको बताउने गोल्छा खानामा टिप्पणी गर्ने बानी सुधार गरिरहेको बताउँछन् । ‘निकै मेहनत गरेर खाना पकाइको हुन्छ, मिठो भएर भनेर टिप्पणी गर्नु राम्रो होइन नि,’ उनी भन्छन् ।

बाल्यकालमा विराटनगरको घरमा मनाइने दीपावलीको विषय सम्झना गोल्छालाई छ । दशैंमा हुने छुट्टीको समय विदेश घुम्ने र परिवार भेटघाटमा प्रयोग हुने गोल्छा बताउँछन् । बाल्यकालमा प्रत्येक दिन फ्राई खाना खाने गरेका गोल्छा अहिले उमालेको खाना खाने गरेको बताउँछन् । ‘अहिले फ्राई सातामा एक दिन मात्रै खाने गरिन्छ,’ गोल्छा भन्छन् ।

चाइनिज, जापानिज, मेक्सिकन खाना मन पराउने गोल्छा सकेसम्म धेरै ठाउँका खाना चाख्न रुचि राख्छन् ।

प्रस्तुत छ, गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छासँग दशैं र तिहार सम्झना, खानपान र भान्छाका रुचिका विषयमा क्लिकमान्डुका लागि शरद ओझाले गरेको संवाद:


शरद ओझा