बरु २ दिन भोकै बस्छु, खाना बनाउन सक्दिनँः सूर्य थापा



काठमाडौं । दशैं, तिहार जस्ता चाडपर्व पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म मात्रै नभएर विश्वका २ दर्जन भन्दा बढी देशमा मनाइन्छ ।

परिवारका सदस्य बस्ने, खाने, पिउने, खेल्ने, रमाइलो गर्ने पर्वको रुपमा दशैं, तिहारलाई लिने गरिन्छ । सामान्य नागरिक, उद्योगी, व्यवसायीदेखि राजनीतिज्ञ समेत सबैको चासोमा पर्छन् यस्ता पर्व ।

प्रतिनिधिसभा सदस्य सूर्य थापालाई पनि दशैं, तिहार जस्ता पर्वले विगतका धेरै यादलाई ताजै बनाउँछ । आफूभन्दा ठूला, गन्य मान्यबाट पाउने आशिर्वाद, गाँउमा हुने विभिन्न २५, ३० प्रकारका नृत्य, मारुनी नाच, त्यो बेला गाँउमा खरी झर्ने गरी बजाइने मादलको धुन थापालाई ताजै लाग्छ ।

चाडपर्वमा विभिन्न खाने कुरा बन्छन् । राम्रो ढंगले पठाएर दिएको खाने कुरा खाने तर, आफूसँग खाना बनाउने योग्यता नरहेको बताउँछन् । आजसम्म खाना नबनाएको अनुभव सुनाउने थापा बरु भोकै बस्न सक्ने तर, खाना बनाउन नसक्ने बताउँछन् । उनलाई होटलको खानामा पनि रुची छैन ।

चाडपर्वमा टिका लगाएर दक्षिणा दिने गरिन्छ । तर, उनी आफू दक्षिणाको विरोधी भएको बताउँछन् । तथापी चाडपर्वको बेला केही दक्षिणा भने दिने गरेको उनी बताउँछन् ।

प्रस्तुत छ, उनै थापासँग दशैं, तिहार जस्ता चाडपर्व र यस्ता चाडपर्वमा हुने खानपानका विषयमा क्लिकमाडुका लागि सोभित थपलियाले गरेको कुराकानीः


सोभित थपलिया