साउन बाहेक ११ महिनै मांशाहारी खाना मन पराउँछन् प्रतापजंग पाण्डे (भिडियो)



काठमाडौं । दशैंमा आफन्त भेटघाट, खानपान, साथीभाइसँगको रमाइलोसँगै खानपानमा पनि रुची राख्छन्, प्रतापजंग पाण्डे । उनलाई खानमा यो खाने र त्यो नखाने भन्ने हुँदैन । घरमा पाकेको सबै कुरा खाने गरेका पाण्डेलाई नेपाली र विदेशी सबै परिकार मन पर्छ । दशैंको बेलामा भने घरकै खाना खान्छन् ।

कहिलेकाहीँ किचेन छिर्ने गरेका पाण्डेले विद्यार्थी जीवनदेखि नै आफैंले पकाएर खाएकोले अहिले पनि पकाउने र खाने विषयमा गाह्रो भने मान्दैनन् । घर बाहिरकै कामले व्यस्त हुने भएपनि उनी किचेनमा परिवारका सदस्यलाई सघाउँछन भने कहिलेकाँही पकाउन नै आफैं अगाडि सर्छन् । कहिलेकाहीँ आवश्यकता अनुसार आफैं भाडा माझ्न पनि पछाडि सर्दैनन् ।

खानामा सबै प्रकारका स्वादेशी र विदेशी खाना मन पराउने पाण्डे कहिलेकाँही रेस्टुरेन्ट जाँदा भने नयाँ खाना र परिकारप्रति जोड दिन्छन् । उनलाई बाहिर तिर गएर खाँदा मन परेको खाना घरमा पनि बनाउन सुझाव दिन्छन् । कहिलेकाहीँ भने पाण्डे भान्सामा छिर्ने र आफैं पकाएर खाने पनि गर्छन् ।

बाहिरतिर गएर खाएको खाना कहिलेकाहीँ घरमै पनि बनाउन प्रोत्साहन गर्छन् । सामाजिक सञ्जालमा आएका र आफूले हेरेको फुड रेसिपीलाई घरमा प्रयोग पनि गर्ने गरेका छन् । नियमित रेस्टुरेन्टमा गएर खानाले भने स्वास्थ्यलाई लाभ नगर्ने भएपनि बाध्यात्मक रुपमा खाने गरिएको पाण्डे बताउँछन् ।

घरमा पाएको खाना जसले मेहेनत गरेर पकाएको हुन्छ त्यो खाना पक्कै मिठो हुने बुझाइ उनको छ । परिवारका सदस्यलाई कहिलेकाहीँ आफैं खाना बनाएर खुवाउने पनि गरेका छन् । उनले भने, ‘थाइल्याण्डमा जाँदा तामा, चिकेन र मसरुम हालेर बनाउन सिकेको आइटम बनाएर परिवारलाई खुवाउने गरेको छु ।’ परिवारका सदस्यले पनि त्यसलाई मन पराइदिएकोले त्यो आइटमलाई परिवारले दिएको प्रोत्साहन सम्मानका साथ ग्रहण गर्ने गरेका छन् ।

साउनको महिना बाहेक ११ महिना मांसहारी खाना मन पराउँछन् पाण्डे ।

प्रस्तुत छ, उनै पाण्डेसँग दशैं र खानपिनबारे क्लिकमान्डुका लागि राजु बास्कोटाले गरेको भिडियो कुराकानीः


राजु बास्कोटा