विद्यार्थी हुँदा धेरै साथीले खाएको भाँडा माझें, बिहेपछि १६ केजी तौल बढ्योः बमबहादुर मिश्र (भिडियो)



काठमाडौं । नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्रको बिहे भएको २३ वर्षमा २३ पटक भन्दा बढी श्रीमतीलाई खाना पकाएर खुवाएको सम्झना छैन । तारेको र झानेको भन्दा उसिनेको खान मन पराउने मिश्रलाई उसिनेकै खानेकुरा मात्र पकाउन आउँछ ।

विद्यार्थी जिवनमा खाना पकाउन जान्ने रुम पार्टनर खोज्ने गरेका मिश्र सरसफाइमा आफ्नो रुची भएको उनी बताउँछन् । चिल्लो र पिरो खान मन नपराउने मिश्र आमाले पकाएको करेला र माछाको झोल खाँदा भने चिल्लो र पिरोसँग सम्झौता गर्ने गरेको सुनाउँछन् ।

दशैं भन्दा नयाँ लुगा, पिङ र दक्षिणा सम्झिने मिश्र पिङ चाही ‘रोलरकोस्टर’ जस्तै खेल्न सक्ने दाबी गर्छन् । महाभारत र रामायणका कहानी सुनाउँदै तिहारमा देउसी गाउने मिश्र खानामा कमेन्ट गर्ने बानी नभएको बताउँछन् ।

प्रस्तुत छ, राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रसँग दशैं र तिहार सम्झाना, खानपान र भान्छाका रुचीका विषयमा क्लिकमान्डुका लागि शरद ओझाले गरेको संवाद:


शरद ओझा