गहतको घुरे र कडी साह्रै मिठो बनाउँछु, पाहुनालाई त्यही खुवाउँछुः डा. अरूणा उप्रेती (भिडियो)



काठमाडौं । डा. अरुणा उप्रेती जनस्वास्थ्यविद् हुन् । साधारण खानेकुरा खान रुचाउँछिन् । चिल्लो, पिरो, मसालेदार, बाहिर रेस्टुरेन्टको वा तयारी जंक फुड कसैले पनि खान हुँदैन भन्छिन् ।

त्यसैले पनि घरमा उनले पकाएको खाना सादा हुन्छ । डा. उप्रेतीले पकाएका खाना घरमा कसैले रुचाउँदैनन् ।

गहतको घुरे र मोहीको कडी पकाउन उनलाई विषेश रुची छ । यी दुई खाना पकाउन उनको विज्ञता पनि छ ।

दसैं भन्नेवित्तीकै डा. उप्रेतीलाई नयाँ लुगा, दक्षिणा, रमाइलो, भेटघाट र मिठो मिठो खाने कुराको याद आउँछ ।

‘जसको घरमा मासु र चिउरा दिन्छन्, उसैको घरमा जान मन लाग्थ्यो,’ डा. उप्रेती भन्छिन् ।

प्रस्तुत छ, उनै जनस्वास्थ्यविद् डा. उप्रेतीसँग उनको खानाको शोख र दशैं सम्झनाका विषयमा क्लिकमान्डुले गरेको कुराकानीः


क्लिकमान्डु