बिरयानी बनाउन सिपालु छिन् डेपुटी गभर्नर ढुंगाना, आफू र श्रीमान्‌बाहेकले पकाएको स्वाद पर्दैन (भिडियो)



काठमाडौं । निलम ढुंगाना तिम्सिना नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर हुन् । उनी खाना पकाउन कला आवश्यक भएको तर भाँडा माझ्न धेरै बुद्धि लगाउनु नपर्ने बताउँछिन् ।

रेष्टुरेन्टमा भन्दा घरमा खान रुचाउने तिम्सिनालाई खाना पकाउने शोख छ । बाल्यकालमा मासु र घ्यु धेरै खान मन लागे पनि पर्याप्त उपलब्ध नहुने तर अहिले मिलाएर मात्रै खाने अवस्था आएको उनको अनुभव छ । आफ्नो श्रीमान् र आफुले पकाएकोबाहेक अरुले पकाएको खाना खासै मिठो नलाग्ने बताउँछिन् उनी ।

प्रस्तुत छ, तिम्सिनाको खानाको बानी, भान्साको रुची तथा दशैं र तिहारको सम्झनाका विषयमा क्लिकमान्डुका शरद ओझाले गरेको कुराकानी:


शरद ओझा