भोकै बस्ने अवस्थामा मात्रै किचन पस्छु, साकाहारी खाना खान्छु: दिपेन्द्रबहादुर क्षेत्री (भिडियो)



काठमाडौं । धेरै बर्खा र बसन्त पार गरिसकेकोले दशैं नै भनेर कुनै रुची नहुने भए पनि कसरी टार्ने भन्ने विषयमा नै दशैं केन्द्रित हुने गरेको छ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको ।

दशैं भन्नासाथ कुनै तयारी गरिहाल्नुपर्ने र धेरै तामझाम गर्नुपर्छ भन्ने अवस्था क्षेत्रीलाई छैन । पोखरा नै उनको पारिवारिक भेटघाटको थलो भएकोले वर्षेनी दशैं पोखरामा नै मनाउँछन् । उनको परिवारमा खसी काट्ने तामझाम हुँदैन । परिवारका सदस्य धेरैसजो साकाहारी भएकोले मांशहारीलाई सोही अनुसारको व्यवस्था बाहिरबाट ल्याएर गराउँछन् ।

फुर्सद भएको बेला साथीभाइसँग भेटघाटमै व्यस्त हुने क्षेत्री दशैंमा भने घरमै नयाँ पुस्तक पढेर बस्ने बताउँछन् । उनी आफ्नै स्वादको लागि मात्रै नभएर बाध्यताको रुपमा कहिलेकाहिँ किचनमा पस्ने गरेका छन् । भोकै पर्ने अवस्थामा मात्रै आफैं कस्सिएर किचनमा पस्ने गरेका छन्, अन्यया क्षेत्री किचनमा खाना पकाउनका लागि पस्दैनन् ।

दशैं भन्ने वित्तिकै नयाँ नोटको चर्चा हुने गरेको छ । यो वर्ष भने राष्ट्र बैंकले नयाँ नोट नदिएर सुकिला नोट मात्रै बाँडेको छ । विगतका वर्षहरुमा पनि राष्ट्र बैंकले नयाँ नोट छाप्ने नाममा खर्च मात्रै बढाइरहेकोले नयाँ नोटप्रति उनको कुनै उत्साह छैन ।

पैसामा नै हस्तक्षर गरेर आएका व्यक्ति भए पनि उनी दशैंको नाममा नयाँ नोट बाँड्ने अभ्यास राम्रो नभएको तर्क गर्छन् । दशैंमा एकथरी पैसाको लागि र अर्कोथरी आर्शीवादको लागि टिकाटालोसँगै दक्षिणामा रुची राख्ने गरेको क्षेत्री बताउँछन् ।

क्षेत्रीसँग दशैं, खानपान लगायतका विषयमा गरिएको दशैं विशेष संवादः


राजु बास्कोटा