आज रातिबाट डीभी भर्न सकिने, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । अमेरिका प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि बुधबार रातिदेखि आवेदन खुला हुँदै छ ।
इडीभी कार्यक्रम नेपाली समय अनुसार आज राति ९ बजेर ४५ मिनेटमा खुल्न लागेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ ।
डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्ने दूतावसले जनाएको छ ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । आवेदन कात्तिक २० गतेसम्म दिन सकिने छ ।