१ लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं (तस्बिरहरु)



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार प्रसाईंलाई छाड्न आदेश दिएको थियो ।

साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले १ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

‘प्रहरीले प्रसाई विरुद्ध सोमबार २ वटा मुद्दा दायर गरेको थियो,’ अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले, ‘आज मंगलबार थुनछेक बहसका क्रममा इजलासले साइबरसम्बन्धी २ वटा मुद्दामा ५०-५० हजार धरौटी माग गरिएको छ ।’

प्रसाईंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको भन्दै ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो । प्रसाई ९ दिनअघि पक्राउ परेका थिए ।


क्लिकमान्डु