तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला उडान गर्‍यो, पहिलो दिनमै ७ उडान



काठमाडौं । काठमाडौं तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला उडान गरेको छ । पहिलो दिनमै ताराले ७ वटा उडान गरेको छ ।

काठमाडौंमा हवाई उडान चाप भएको र काठमाडौंबाट उडान अनुमति पाउनै मुश्किल भएकोले यात्रुलाई काठमाडौंबाट जनकपुर लगिएको र जनकपुरबाट लुक्ला लगिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनकाअनुसार जनकपुरबाट यति एयरलाइन्सले लगेको यात्रुलाई तारा एयरले जनकपुरबाट लुक्लामा उडान सेवा दिएको हो ।ताराले ३५ जनालाई लुक्ला लगेको छ भने लुक्लाबाट १०५ जना यात्रुलाई जनकपुर ल्याएको पनि उनले बताए ।


क्लिकमान्डु