सडकमार्ग बन्द हुँदा आकाशबाट यात्र गर्नेको चापले वायुसेवालाई भ्याइनभ्याइ, विमानस्थलमा घण्टौ कुर्नुपर्ने



काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षका कारण विभिन्न ठाउँमा बाढी र पहिरोले मुख्य राजमार्ग नै ठप्प हुन पुगका छन् ।

काठमाडौं प्रवेशका लागि प्रमुख राजमार्गदेखि प्रादेशिक राजर्गसम्म अवरुद्ध भएकोले आइतबार विहान मौसम खुलेसँगै हवाई यात्रा गर्ने यात्रुको चाप बढेको छ ।

स्थलमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने आकासमार्गमा यात्रुको चाप बढेको छ।

बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार चाडबाडको मुख भएकाले उसै यात्रुको चाप थियो,’ वर्षा रोकिएपछि मौसममा आएको सुधारले यात्रुको चाप थप बढेको छ।

वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले मौसम खुलेसँगै वायुसेवालाई भ्याइनभ्याइ भएको बताए ।

‘उद्धारसँगै नियमित उडानमा पनि वायुसेवा खटिएका छन्’ उनले भने, ,’जसका कारण हवाई क्षेत्रमा चाप बढेको हो।’

बाढी पहिरोका कारण विभिन्न स्थानमा रहेका राजमार्ग अवरुद्ध हुँदा त्यसको चाप आकाशमा परेको उनको भनाइ छ ।

मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य ८ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ।

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७:०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिले विमानस्थलमा यात्रुको अत्यधिक चाप रहेको बताए । त्यस्तै उडान र अवतरणमा पनि पनि धेरै चाप रहेको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय विमानको पनि प्रेसर भएकोले डेढ दुई घण्टा कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘ चाप भएका कारण भनेको समयमा उडान हुन सकेको छैन । यात्रुले धैर्य गर्नुपर्ने अवस्था छ । ढिला सम्म भए पनि उडान गर्छौं ।’


क्लिकमान्डु