कांग्रेसको पार्टी कार्यालयमा डुबान, कार्यक्रम स्थगित



काठमाडौं । अबिरल वर्षा र बाढी पहिरोका बीच नेपाली कांग्रेसको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग’ ले कार्यक्रम स्थगित गरेको छ ।

काठमाडौं उपत्यका लगायत नेपालको बिभिन्न भूभागमा आएको अविरल बर्षा, बाढी र पहिरोको कारणले भएको जनधनको क्षति भएकोप्रति दुखि भएको भन्दै विभागले शनिवार गर्ने भनिएको कार्यक्रम स्थगित गरेको हो ।

उक्त कार्यक्रम असोज १८ गते शुक्रबार गर्ने निर्णय गरिएको छ । अविरल वर्षापछिको बाढीले कांग्रेस पार्टी कार्यालय पनि डुबानमा परेको छ ।


क्लिकमान्डु