तस्करीका एक करोड ३५ लाखका सामान प्रहरी नियन्त्रणमा



विराटनगर । प्रमुख चाडपर्व नजिकिएसँगै विराटनगरको जोगवनी नाकावाट तस्करी बढेको छ ।

यसैक्रममा बिलबिजक भन्दा बढी सामान बोकेर न्यून मूल्यांकन गराएर भन्सारवाट छुटेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले बुधवार नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ ।

ति दुई ट्रकमा बिलबिजक भन्दा एक करोड ३५ लाख मूल्यका बढी सामान बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र वहादुर बस्नेतले बताए ।

विराटनगर भन्सारवाट चेकजाँच गरेर छुटेर बजारतर्फ आउदै गरेका प्र १–०२–००२ ख ०४१६ र ना ४ ख ८८४७ नम्बरको ट्रक र तिनका चालकद्धोय विराटनगर १९ का ललित सरदार र कानेपोखरीका दुखनलाल चौधरी सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको हो ।

प्रहरी प्रवक्ता बस्नेतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ति दुई ट्रकमा घरायशी तथा भान्सामा प्रयोग हुने सामान सहित कृषि प्रयोजनमा प्रयोग हुने एक करोड ३५ लाख मूल्यका सामान वरामद भएको छ । ति सामानको आयातकर्ता भने प्रहरीले खुलाएको छैन ।


क्लिकमान्डु