प्रधानमन्त्री बालेनले सचिवालयमा रहेका माधव खनाललाई हटाए

0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयका सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।

‘राहदानी (पासपोर्ट) प्रकरण’मा उग्र व्यवहार देखाएको र निरन्तर आचरणमा प्रश्न उठेको भन्दै उनलाई सचिवालयबाट बिदा गरिएको स्रोतको भनाइ छ ।

राहदानी विभाग र अख्तियारका पदाधिकारीसामु खनाल निकै चर्को र उग्र रूपमा प्रस्तुत भएको विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए । उक्त घटनाका साथै खनालका अन्य व्यक्तिगत क्रियाकलाप र भूमिकाका बारेमा समेत प्रधानमन्त्री कार्यालयमा निरन्तर उजुरी परेपछि सचिवालयले उनको भूमिकाबारे गम्भीर समीक्षा गरेको थियो ।

खनाललाई टिममा निरन्तरता दिँदा प्रधानमन्त्री र समग्र सचिवालयको छविमा नकारात्मक असर पर्ने निष्कर्षमा टोली पुगेको थियो ।