बुध्द एयरले आजबाट भारतको वाराणसीमा थप्यो तेस्रो उडान, कति पर्छ भाडा ?



काठमाडौं । बुध्द एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थपेका छ। यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो ।

साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुध्द एयरले जनाएको छ ।

बुध्द एयरको भगनी संस्था बुध्द होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि ल्याएको छ ।

यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।

बुध्दका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी शुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । बुध्दको जहाज काठमाडौंबाट ७:१५ बजे तथा तथा वाराणसीबाट ८:३० रहेको छ ।

बुध्दले आउने जाने भाडा, अयोध्या घुम्ने, दुईतारे होटलमा बस्नेसहितको २ रात ३ दिनको प्याकेज न्यूनतम ३५ हजारमा उपलब्ध गराउँदै आएको छ । यस्तो प्याकेज ३ रात ४ दिनको ४४ हजार रहेको बुध्द एयरले जानकारी दिएको छ ।

नेपालबाट वनारस जाने नेपाली प्याकेजमै जान रुचाउने गरेको छन् । वनारस जाने तीर्थयात्री काशी दर्जन, सारनाथ, अयोध्या, विश्वनाथसहितका गन्तव्यमा जाने जाने गरेका छन् । भारतबाट पनि पशुपतिनाथ दर्शन गर्न आउनेदेखि तेस्रो मुलुकबाट पर्यटकसम्मले यात्रा गर्ने गरेकोले बुध्दको वनारस उडानमा चाप बढ्दै गएको उल्लेछ ।

थाइल्यान्ड, भियतनाम, श्रीलंका, कोरिया जापन, कम्बोडिया लगातयक मुलुबाट अयोध्या, बोधगया, सारनाथ, कुशीननगर, विश्वनाथसहितका गन्तव्य भ्रमणका लागि ठूलो संख्यामा धार्मिक पर्यटक वनारस पुग्ने गरेका छन् ।

बुध्दले २०६८ साल फागुनबाट काठमाडौं वनारसको उडान सुरु गरेको हो । यो गन्तव्यमा सुरुमा एटीआर ४७ नामक ४२ सिट क्षमताको जहाज पठाउने गरेको थियो । हाल यो गन्तव्यमा एटीआर ७२ नामक ७२ सिट क्षमताका जहाजबाट उडान गर्दै आएको छ ।

नेपाली आकासमा २७ वर्षदेखि सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयर यात्रु उडानमा अग्रणी संस्था हो । हवाई उड्डयन सुरक्षामासमेत अब्बल बनेको यो वायुसेवाप्रति यात्रुको विश्वास, पर्याप्त जहाज संख्या, फरक-फरक गन्तव्यमा सेवा र यात्रुले रोजेकै समयमा उडान गर्न सकिने गरी यो वायुसेवाले दिएको यात्रु सुविधासहितका कारण पछिल्लो दुई दशकदेखि नै बुध्द एयर आन्तरिक उडानमा अब्बल बन्दै आएको छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२३ मा गरेको उड्डयन सुरक्षा अडिटमा यो वायुसेवाको अवस्था अन्यसँगको तुलनामा अब्बल देखिएको छ । प्राधिकरणले गरेको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) दर बुध्द एयरको ७७ प्रतिशत देखिएको छ । यस्तो उड्डयन सुरक्षा प्रणाली दर नेपालमा सञ्चालन भइरहेका अरु आन्तरिक वायुसेवाको तुलनामा सबैभन्दा बढी हो ।

आक्रामक बजार बिस्तारसँगै बुध्दका १८ वटा जहाजले उडान गरिरहेका छन् । हाल १५ वटा एटीआरका ७२ सिट क्षमताका जहाज भएको यो वायुसेवासँग ३ वटा ४७ सिट क्षमताका एटीआर नै जहाज छन् ।

सन् १९९६ बाट सेवा सुरु गरेको यो वायुसेवाले आन्तरिक उडानमा प्रमुख सहरी गन्तव्यमा उडान गरिरहेको छ । यसले काठमाडौंबाट भारतको वनारसमा नियमित उडान गरिरहेको छ । जनकपुरबाट अयोध्या उडानको तयारी गरिरहेको बुध्द एयर पोखराबाट दिल्ली उडान गर्ने अनुमतिको पखाईमा बसेको छ ।


क्लिकमान्डु