हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ ल्याउने



काठमाडौ । हुलास फिनसर्भ हायर पर्चेजले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हुलास फिनसर्भ हायर पर्चेजको तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो सेयर निष्काशनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेजका अध्यक्ष शेखर गोल्छाले बताए ।

हुलास फिनसर्भ हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर-बैंकिङ्ग वित्तीय कम्पनी हो । कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु