१ अर्ब ८० करोडमा लक्जरी ब्रान्ड रोयल ट्युलिपले बूढानीलकण्ठमा रिसोर्ट खोल्दै



काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले काठमाडौंमा पहिलो रिसोर्ट खोल्ने भएको छ ।

यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो र दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ ।

यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने विश्वास होटलको छ ।

यो परियोजनाको नेतृत्व मुकुन्दराज कुँवर, अध्यक्ष, र आशिष ढकाल, निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह-संस्थापकले गरेका छन् ।

बूढानीलकण्ठमा बन्ने लक्जरी रिसोर्ट २६ रोपनी जमिनमा फैलिएको छ । यो रिसोर्टले ७५ विस्तारित कोठाहरू, आधुनिक सुविधाहरू र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ ।

पाहुनाहरूलाई ५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्व-स्तरीय स्पा, स्टीम रूम, निजी जकुजी, र अन्य वेलनेस सुविधाहरू उपलब्ध हुनेछ ।

हस्ताक्षर समारोहमा उपस्थित सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा ब्रान्डको प्रवेशमा उत्साह व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव संगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका छन्।

१८० करोड नेपाली रुपैयाँको लगानीमा होटल निर्माण हुन लागेको हो ।

रोयल ट्युलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँ दिल्लीमा सम्पन्न हुनेछ ।

‘रोयल ट्युलिपलाई नेपालमा ल्याउन पाउँदा हामी गर्वित छौं, र हामी विश्वस्त छौं कि यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्नेछ। हाम्रो लक्ष्य भनेको पाहुनाहरूलाई उच्चतम आरामका साथ प्रकृतिको शान्तिमा रमाउन सक्ने गन्तव्य प्रदान गर्नु हो’ कुँवरले भने ।


क्लिकमान्डु