सहकारी ठगीको समाचार फेसबुकमा सेयरगर्दा बिरोध भएपछि रास्वपा भरतपुरका नेताले दिए राजीनामा



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन भरतपुर महानगरपालिका-१० को वडा समितिका सचिवले राजीनामा दिएका छन् ।

दुवाडीले आइतबार केन्द्रीय सभापति, जिल्ला सभापति लगायतलाई राजीनामा पत्र लेख्दै वडा सचिव र साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडि बचतकर्ताहरुको संघर्ष समितिका संयोजक समेत रहेका उनले सहकारी ठगीको समाचार सेयर गर्दा पार्टीबाट प्रश्न गरिएपछि राजीनामा दिएको बताएका छन् ।

‘हिजो, आज मिडियामा आएका समाचार मेरो फेसबुकमा सेयर गरेँ । यसमा केही साथीहरूको आपत्ति रह्यो। तसर्थ लाखौं सहकारी पीडितलाई साक्षी राख्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु’ उनले भनेका छन् ।

बचतकर्ताको ८५ करोड रुपैयाँ अपचलन गरेर सहकारी बन्द भएपछि २ वर्षअघि संघर्ष समिति बनेको थियो।

गोरखा गोरखा मिडियाका सञ्चालक गितेन्द्रबहादुर (जीबी) राई संस्थापक रहेकोफ चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारीमा रहेका बचत रकममध्ये १२ करोड रुपैयाँ गोरखा मिडियामा गएको देखिएको छ ।

रास्वपा सभापति, चितवन-२ का सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि राजनीतिमा आउनुअघि गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए ।

‘आफैँले दुख गरी जन्माएको पार्टीका केन्द्रीय सभापति सहकारी ठगीमा जोडिन आए पनि हामीले उहाँलाई कहिल्यै दोषी मानेनौँ । मात्र साहाराका पीडित बचतकर्ताको १२ करोड रूपैयाँ गोरखा मिडियामा गएर अपचलन भएको छ भन्दै आयौँ,’ दुवाडीले राजीनामा पत्रमा भनेका छन् ।


क्लिकमान्डु