फोर्ब्स सम्मेलनमा श्रमबारे चिन्ता: एआईले कस्ता कामदारको रोजगारी खोस्छ ?



‘फ्युचर अफ वर्क्स’ अर्थात् भविष्यको कामको विषयमा फोर्ब्सको सम्मेलनका वक्ताहरुले एआईले भविष्यमा कस्ता कामहरुलाई प्रतिस्थापन गर्छ ? वा कस्ता कामदारहरुको काम खोसिनेछ र कस्ता काममा अवसर सिर्जना गर्नेछ भन्नेबारे बहस गरेका छन् ।

एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको फ्युचर अफ वर्क समिटका वक्ताहरुले श्रमको भविष्य र प्रवृत्तिबारे चर्चा र बहस गरेका छन् । वक्तामा सहभागी सीईओ, एचआर प्रमुखहरु र अन्य अधिकारीहरुले भविष्यमा कामको स्वरुप र यसको सीमा कस्तो हुन्छ भन्नेबारे छलफल गरेका छन् ।

कोरोना महामारीपछिको समय र प्रविधिको विकाससँगै कामको प्रकृति नयाँ चरणमा प्रवेश गरेको उनीहरुले बताएका छन् । अब काम गर्ने तरिकालाई सार्थक रुपमा परिवर्तन गर्न एआईको उदय र खर्चिलो माध्यमिक शिक्षाको लागतका कारण सीपमा आधारित काममा देखिएको परिवर्तनलाई कम्पनीहरुले कसरी उपयोग गर्लान् भन्नेबारे वक्ताहरुको बहस केन्द्रित थियो ।

‘हामी हाम्रा बाचाहरुलाई व्यवहारमा कसरी लागु गर्नसक्छौं ?’ फोर्ब्सकी वरिष्ठ सम्पादक जेना म्याकग्रेगरले ‘फ्युचर अफ वर्क्स’ समिटका सहभागीहरुलाई सोधेकी थिइन् ।

डिजिटल कामदारहरु

ल्याटिसकी सीईओ सारा फ्रेंकलिन एआईलाई कामको क्षमता बढाउन कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा केन्द्रित थिइन् । कतिपय मानिसहरुले एआईले अब कामको ‘पर्फमेनस रिभ्यु’ लेखिदिनेबारे सोचिरहेका बेला फ्रेंकलिनले भने एआई मानिसका लागि अत्यन्त महत्त्वपूर्ण भए पनि हाम्रा सबै कामहरु एआईले पूरा नगरिदिने प्रस्ट पारेकी थिइन् । गत जुलाइमा लिंक्डइनमा एक विवादास्पद पोस्ट गर्दै फ्रेंकलिनले घोषणा गरेकी थिइन्- ल्याटिसले अब एआई कर्मचारीहरुको प्रदर्शन समीक्षा दिनेछ ।

तर बहसको क्रममा फ्रेंकलिनले भनेकी छन्, ‘तर त्यसबेला एउटा असमझदारी उत्पन्न भयो कि हामीले एआईलाई मानिस भन्यौं भनेर मानिसहरुले सोचे । जुन गलत हो ।’ फ्रेंकलिनले आफ्नो भनाइ प्रस्ट पार्दै एआई एजेन्टहरुको उदयसँगै मानिसका लागि जटिल काम गरिदिने एआई सहायकको सहायतामा काम गर्ने मानिसहरु सफल हुन्छन् भन्ने निश्चित गर्न प्लेटफर्म स्थापना गर्नु महत्त्वपूर्ण पक्ष भएको बताइन् ।

एआई एजेन्टहरूलाई कसरी जवाफदेही बनाउने ? उक्त एआई एजेन्टलाई डलरमा खर्च गर्दा उक्त व्यापार राम्रो हुन्छ भनेर कसरी थाहा पाउने भनेर उनले फ्रेंकलिनले सोधेकी थिइन् । खासगरी एआईबारे ठूलो खर्चको डर र शिक्षाको कमीजस्ता कुरामा ध्यान दिनुपर्ने उनले बताएकी थिइन् ।

एआईले कामदारलाई विस्थापित गर्ला ?

बहसको क्रममा के एआईले कामदारहरुलाई विस्थापित गर्छ भनेर पनि सवाल उठेको थियो । सामान्यतया एआईबारे चासो राख्ने सबैले सोच्ने विषय पनि हो यो । तर वक्ताहरुले यसलाई एक जटिल विषय भएको भन्दै सम्बोधन गरे । अर्थात् यसको सिधा जवाफ नआउने कुरा उनीहरुले संकेत गरेका थिए ।

तर यसले निश्चित प्रकृतिका कामदारहरुलाई चाहिँ विस्थापित गर्नसक्ने हार्बे एआईका सहसंस्थापक विन्सटन विनबर्गले भनेका थिए । फोर्ब्सका वरिष्ठ लेखक रिचर्ड निएभासँगको वार्ताको क्रममा वक्ताहरुको भनाइ थियो ।

विशेषगरी तल्लो तहका शारीरिक श्रम पर्ने कामहरुलाई भने एआईले विस्थापित गर्नसक्ने बताइएको थियो । तर यससँगै कतिपय कामहरुलाई एआईले छिटोछरितो बनाइदिन सक्ने देखिन्छ । जसले समय बचाउनुका साथै अवसरहरु सिर्जना गर्ने पनि एआई सम्बद्ध वक्ताहरुले बताएका थिए । र मानिसको मेहनत र शारीरिक परिश्रमलाई पनि कम गराइदिने बताइएको थियो ।

यस वर्षको फोर्ब्स एआई ५० को सूचीमा सम्मानित भएका तीन जना एआईका स्स्थापकहरु समेत यस बहसमा सहभागी छन् । उनीहरुले एआईलाई कसरी कार्यस्थलमा लागु गर्न सकिन्छ भन्ने बारे आफ्ना विचार व्यक्त गरेका छन् । दैनिक कामकाजमा प्रत्येक कामदारको कामलाई कसरी सजिलो बनाउछ भनेर उनीहरुले धारणा राखेका थिए ।

एआई प्लेटफर्म टोमका सहसंस्थापक केथ पेरिजका अनुसार एआईले कामदारहरुलाई सूचना तथा जानकारीहरु द्रुत गतिमा प्रदान गर्नेछ ।

राइटर एआईका सहसंस्थापक मे हबिबका अनुसार एआईले भविष्यमा कार्यसंरचनालाई परिवर्तन गरिदिनेछ । उनले कनिष्ठ कामहरु एआईले प्रतिस्थापन गर्ने भन्दै कामदारहरुले कसरी उन्नत किसिमका काम र सीप प्राप्त गर्न सक्छन् भन्नेबारे सोचेको पनि बताएकी थिइन् ।


क्लिकमान्डु